काठमाडौं। पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से बस्तीमा कालीगण्डकी नदीको बहाब बढेर पस्दा २५ घर बगेका छन्। नदीको कटान र बाढीका कारण बस्तीका बाँकी घरसमेत जोखिममा परेका छन्।
आइतबार बिहान करिब ८ बजे कालीगण्डकीको बहाब बढेपछि नदी तटीय क्षेत्रको बस्तीमा पसेको हो। फर्सेमा करिब ८० घर रहेकोमा २५ घर बगेका र अन्य घरमा समेत क्षति पुग्ने जोखिम रहेको प्रहरीले जनाएको छ।
बाढीले घर बगाए पनि मानवीय क्षति भने भएको छैन। जोखिम बढेपछि बस्तीमा रहेका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।












