Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

मितेरी सहकारी रकम हिनामिना प्रकरणः २१ दिनभित्र उपस्थित हुन ज्योति गुरुङलाई अदालतको आदेश

मितेरी सहकारी रकम हिनामिना प्रकरणः २१ दिनभित्र उपस्थित हुन ज्योति गुरुङलाई अदालतको आदेश

काठमाडौँ। मितेरी बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना प्रकरणमा मुछिएकी पूर्वमहाप्रबन्धक ज्योति गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिनभित्र सबुत प्रमाणसहित प्रतिउत्तर पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-२ लामडाँडा स्थायी घर भई हाल ललितपुर महानगरपालिक-१४ थसिखेल बस्ने ४८ वर्षीया गुरुङ कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी हुन्।

Subisu

अदालतले जारी गरेको सूचनामा उनको तीनपुस्ते विवरण खुलाउँदै ‘धनराज गुरुङकी पत्नी’ नै उल्लेख गरिएको छ।

सहकारीका सचिव बोधविक्रम थापाले ज्योतिविरुद्ध दायर गरेको लेनदेन मुद्दामा जिल्ला अदालतबाट यसअघि जारी भएको म्याद बदर भएको थियो। त्यसपछि अदालतको ०८३ जेठ ५ गतेको आदेश अनुसार मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १०५ को उपदफा २२ बमोजिम गोरखापत्र दैनिकमा यो २१ दिने सूचना प्रकाशित गरिएको हो।

‘यो म्याद सूचना पत्रिकामा प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक २१ ९एक्काइस० दिनभित्र आफैं वा कानुन बमोजिमको प्रतिनिधि मार्फत् आफ्नो भएको सबुद प्रमाणसहित प्रतिउत्तर पत्र लिई यस अदालतमा उपस्थित हुनुहोला। म्यादभित्र उपस्थित नभई म्याद गुजारी बसेमा मुद्दा कानुन बमोजिम हुने र पछि कुनै उजुर लाग्ने छैन,’ अदालतले सूचनामा भनेको छ।

बेलायती र भारतीय सेनामा काम गरेर फर्किएका पूर्वसैनिकहरू मिलेर ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थानमा मितेरी बचत तथा ऋण सहकारी संस्थाु स्थापना गरेका थिए। सहकारीको १२ करोड ५० लाख रुपैयाँ हिनामिना गरेको भन्दै सहकारीका सचिव बोधविक्रम थापाले महाप्रबन्धक ज्योति गुरुङसहित ५ जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी दिएका थिए।

ज्योति २०५७ देखि सो सहकारीमा आबद्ध थिइन्। सुरुमा बचत संकलकको रूपमा प्रवेश गरेकी उनी ०७० सालमा कोषाध्यक्ष र पछि महाप्रबन्धक बनेकी थिइन्। महाप्रबन्धक बनेपछि उनले सो रकम घोटाला गरेको आरोप छ।

उक्त रकम हिनामिनामा उनलाई सहकारीका पूर्वकर्मचारीहरू ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाले सघाएको सहकारीका पदाधिकारीहरूको दाबी छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host