काठमाडौं । अखिल नेपाल महिला संघ (अनेमसंघ) झापाको १०औं जिल्ला सम्मेलनमा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ । शनिबारबाट बिर्तामोडस्थित अग्रसेन भवनमा शुरु भएको सम्मेलनको अनेमसंघका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य टुकाभद्र हमालले उद्घाटन गरेकी थिइन् ।

जिल्ला अध्यक्ष पवित्रा पाठकको अध्यक्षतामा शुरु भएको सम्मेलनमा अनेमसंघ केन्द्रीय सदस्य तथा झापा ईन्चार्ज टीका बस्नेत, अनेमसंघ प्रदेश अध्यक्ष एवं कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राई, केन्द्रीय सचिव वीणा राई, नेकपा एमाले लेखा आयोगका सदस्य जसमाया गजमेर, अनेमसंघ केन्द्रीय सदस्य लीला कट्टेल, केन्द्रीय विभागका सदस्य पबित्रा निरौला, नेकपा एमाले केन्द्रीय सदस्य मीना पोख्रेल, नेकपा एमाले केन्द्रीय सदस्य तथा झापा ईन्चार्ज रोमनाथ ओली, अनेमसंघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले लगायतले सम्मेलनको भब्य सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा अमेनसंघका संस्थापक अध्यक्ष शोभा कुँवरसहित पूर्व अध्यक्षहरू पबित्रा निरौला, सीता बस्नेत, बिष्णु खड्का, टीका बस्नेत, शारदा सापकोटा, मेनुका काफ्ले, जसमाया गजमेरलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
जिल्ला उपाध्यक्ष रेनुका डाँगीले स्वागत र कोषाध्यक्ष कोपिला चौलागाईले सम्मान पत्र वाचन गरेको उद्घाटन सत्रको कार्यक्रमको संचालन सचिव लीला दाहालले गरेकी थिइन् । ५२ जना प्रतिनिधि रहेको सम्मेलन आजसम्म चल्नेछ भने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।













