काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । यसबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराइसकिएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेससभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरूसँग बालुवाटारमा संवाद गरेका थिए ।
उक्त संवादपछि जसपा नेपाललाई पनि सरकारमा सहभागी गराउने तयारी भइरहेको चर्चा चलेको थियो । तर त्यसविपरीत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।












