Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

सप्तरी र कैलालीमा जापानी इन्सेफलाइटिसबाट चार जनाको मृत्यु, कसरी सर्छ र कसरी जोगिने?

सप्तरी र कैलालीमा जापानी इन्सेफलाइटिसबाट चार जनाको मृत्यु, कसरी सर्छ र कसरी जोगिने?

काठमाडौं । जापानी इन्सेफलाइटिसको संक्रमणबाट सप्तरी र कैलालीमा गरी चार जनाको मृत्यु भएको छ। सम्बन्धित जिल्ला तथा स्थानीय स्वास्थ्य कार्यालयका अनुसार सप्तरीमा दुई र कैलालीमा दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका-३ का १४ वर्षीय शिवकुमार रामको जापानी इन्सेफलाइटिसका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका स्वास्थ्य अधिकृत सतिश यादवले जानकारी दिए।

Subisu

यादवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र रामको गोल्डेन हस्पिटल विराटनगरमा उपचारका क्रममा साउन २१ गते मृत्यु भएको थियो।

त्यसैगरी कैलालीको घोडाघोडी नगरपालिका–४ र ९ का ३४ र ७० वर्षीया दुई महिलाको पनि उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहराले पुष्टि गरेका छन्।

कसरी सर्छ जापानी इन्सेफलाइटिस?

जापानी इन्सेफलाइटिस भाइरसबाट हुने गम्भीर सरुवा रोग हो। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। संक्रमित जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा भाइरस मानिसको शरीरमा प्रवेश गर्छ।

यो भाइरस मुख्यतः सुँगुर, बंगुर, हाँस तथा केही चराचुरुङ्गीमा पाइन्छ। संक्रमित सुँगुर, बंगुर वा हाँसलाई टोकेको क्युलेक्स जातको लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमण हुन सक्छ।

त्यसैले सुँगुर, बंगुर तथा हाँस पालिने फार्म र त्यस्ता क्षेत्र आसपास बसोबास गर्ने मानिस संक्रमणको जोखिममा हुन्छन्।

यस्ता हुन्छन् लक्षण

जापानी इन्सेफलाइटिस संक्रमणपछि सामान्यतः उच्च ज्वरो आउने, कडा टाउको दुख्ने, वाकवाकी लाग्ने वा बान्ता हुनेजस्ता लक्षण देखिन सक्छन्।

गम्भीर अवस्थामा शरीर काप्ने, बेहोस हुने, घाँटी कडा हुने, मानसिक अवस्था परिवर्तन हुने तथा शरीरका कुनै भागमा पक्षघात हुन सक्ने चिकित्सकहरू बताउँछन्।

यस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउनु आवश्यक हुन्छ।

कसरी जोगिने?

जापानी इन्सेफलाइटिसबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नु र खोप लगाउनु प्रमुख उपाय हुन्।

खोप लगाउने : सरकारले सञ्चालन गर्ने नियमित खोप कार्यक्रमअन्तर्गत जापानी इन्सेफलाइटिसविरुद्धको खोप लगाउने।

लामखुट्टेको टोकाइबाट बच्ने : घरबाहिर निस्कँदा शरीरका अधिकांश भाग ढाक्ने कपडा लगाउने, राति झुल प्रयोग गर्ने तथा आवश्यकताअनुसार लामखुट्टे भगाउने धुप वा रिपेलेन्ट प्रयोग गर्ने।

बस्ती र फार्म व्यवस्थापन : सुँगुर, बंगुर तथा हाँसका फार्ममा सरसफाइमा ध्यान दिने र सम्भव भएसम्म मानव बस्तीबाट उचित दूरी कायम गर्ने।

पानी जम्न नदिने : घर तथा बस्ती आसपास पानी जम्ने खाल्डाखुल्डी पुर्ने र लामखुट्टेको प्रजननस्थल बन्न नदिने।

लक्षण देखिए तत्काल उपचार : उच्च ज्वरो, कडा टाउको दुख्ने, बेहोस हुने वा मानसिक अवस्था परिवर्तन हुनेजस्ता लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनुपर्छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host