Outline Khabar
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
                                                       
No Result
View All Result

स्वास्थ्य स्वयंसेविकामार्फत् मतदाता शिक्षा प्रभावकारी देखियाे : निर्वाचन आयुक्त तुलाधर

स्वास्थ्य स्वयंसेविकामार्फत् मतदाता शिक्षा प्रभावकारी देखियाे : निर्वाचन आयुक्त तुलाधर

आसन्न निर्वाचनको तयारी र निर्वाचन प्रक्रियाका विषयमा केन्द्रित रहेर निर्वाचन आयुक्त डा जानकी कुमारी तुलाधरसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ ।

यही फागुन २१ गते मतदान हुन गइरहेको आसन्न निर्वाचनका अब केही दिनमात्र बाँकी छन् । निर्वाचनको तयारी कहाँ पुग्यो र के कसरी काम भइरहेको छ ?

Subisu

– मतदान अधिकृतसहित सबै कर्मचारी पनि भर्खरै तालिम सकेर अब कार्यस्थलतर्फ लाग्न थालेको अवस्था छ । एक/दुई दिनमै उहाँहरु सबैजना आ–आफ्ना कार्यस्थलमा पुगिसक्नुहुनेछ ।वर्तमान सरकारको पहिलो प्राथमिकता निर्वाचन थियो र निर्वाचन आयोगले पनि त्यही रफ्तारमा काम गरेको छ ।

त्यसैले आज यो अवस्थामा पुग्न सम्भव भएको हो भनेर यहाँले र सबै मुलुकबासीले बुझ्नुभएकै छ । यसरी निर्वाचनको तयारी हामीले युद्धस्तरमा नै गर्यौँ । अब मलाई लाग्छ २१ गते मतदानका लागि आवश्यक पर्ने प्रक्रियागत काममात्र बाँकी छ, अरु सबै काम सकिइसक्यो । सुरक्षा होस् या अरु कुनै पनि हिसाबले निर्वाचनका कुनै काम अब बाँकी छैनन् । निर्वाचन आयोगमार्फत सुरक्षादेखि आवश्यक पर्ने राज्यका अन्य स्रोतसाधन पनि निर्वाचन प्रयोजनका लागि परिचालित भइसकेको अवस्था छ ।

निर्वाचनका बेलामा मतदाता शिक्षा पनि एक महत्वपूर्ण कार्य हो । यस पटकको निर्वाचनका लागि आयोगले मतदाता शिक्षा कसरी प्रदान गरिरहेको छ ?

-नेपालको संविधान, निर्वाचनसम्बन्धी प्रचलित कानुन, मतदाता शिक्षा नीति, निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम निर्वाचन आयोगले मतदाता शिक्षा तथा निर्वाचन प्रचार–प्रसार गर्ने उद्देश्यले ‘मतदाता शिक्षा विशेष कार्यक्रम’ तयार गरेको छ । सोही बमोजिम आसन्न निर्वाचनका लागि फागुन ३ देखि १७ गतेसम्म देशभरका छ हजार ७४३ वडामा स्वयंसेवकमार्फत आयोगले मतदाता शिक्षा प्रदान गरिरहेको छ ।

आयोगले मतदाता शिक्षा स्वयंसेवकमा स्थानीय तहमा रहेका महिला स्वास्थ्य स्वंयसेविकाहरूलाई प्राथमिकता दिएर परिचालन पनि गरेको छ । उहाँहरूले मतदाताको घर दैलोमा पुगेर मतदाता शिक्षा प्रदान पनि गरिरहनुभएको छ ।

मतदाता शिक्षाका लागि महिला स्वास्थ्य स्वंयसेविकाहरूलाई प्राथमिकता दिएर परिचालन गर्ने यस्तो अवधारणा कसरी बन्न पुग्यो ?

हरेक निर्वाचनमा मतदातालाई सुसूचित गर्ने र जानकार बनाउनेकार्य निकै पेचिलो हुने गरेको छ । मतदाताको घरदैलोमा पुग्न सक्ने र आमनागरिकबीच भिजेका इमान्दार स्वंयसेवकहरू पहिचान गर्ने कार्य पनि चुनौतीपूर्ण छ । महिला स्वास्थ्य स्वंयसेविकाले हाम्रो ग्रामीण क्षेत्रमा जनस्वास्थ्यका क्षेत्रमा सरकारका कार्यक्रमलाई सहयोग पुर्याएर स्वास्थ्य सेवालाई सफल बनाउन मद्दत पुगेको छ ।

यस क्षेत्रमा उहाँको योगदान निकै ठूलो छ । उहाँहरू आफ्नो कार्यक्षेत्र रहेको गाउँवस्तीमा घरघर पुग्न सक्ने व्यक्ति हुनुहुन्छ । त्यसैले मतदाता शिक्षा प्रदान गर्न उहाँहरूलाई विसं २०७९ को आम निर्वाचनदेखि नै जिम्मा दिन थालिएको थियो । यस पटक पनि यस प्रयोजनका लागि उहाँहरुलाई नै जिम्मेवारी दिइएको छ । यसमा मैले व्यक्तिगत तहबाट पनि पहलकदमी लिएको छु । उहाँहरुलाई नै अघि सारौँ भन्ने मान्यता या मापदण्ड पनि हामीले नै बनाएका हौँ ।

उहाँहरूले मतदाता शिक्षा प्रदान गर्ने काम अहिले कसरी गरिरहनु भएको छ ?

मतदाता शिक्षाको उद्देश्य आम मतदातालाई मतदानमा सहभागी हुन प्रेरणा प्रदान गर्नु, निर्वाचन एवं मतदान गर्ने विषयको जानकारी प्रदान गर्नु, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी रूपमा सम्पन्न गर्नु, सुसूचित मतदाता तयार गर्नु र निर्वाचनमा अर्थपूर्ण जनसहभागिता गराउनु हो । त्यस्तै योग्य मतदाताको मतदानमा सहभागिता अभिवृद्धि गर्दै बदर मत न्यूनीकरण गर्नु, अमूल्य मतको महत्व बुझाउनु र योग्य प्रतिनिधि चयन गर्न सहयोग गर्नु पनि मतदाता शिक्षाको उद्देश्य हो ।

मतदाता शिक्षा स्वयंसेवकले मतदाताको घरदैलो भ्रमण गरेर नमूना मतपत्र देखाएर मतदान सिकाउने कार्य जोडतोडका साथ गरिरहेका छन् । आयोगका अधिकारिक सामाजिक सञ्जाल प्रयोगबारे पनि जानकारी दिइरहेका छन् । आयोगका सामाजिक सञ्जालबाट प्रवाह भइरहेका मतदाता शिक्षासँग सम्बन्धित सामग्री कसरी हेर्ने भन्ने बारेमा पनि जानकारी दिइरहेका छन् । निर्वाचन आचारसंहिता जानकारी गराउने, मतदाताका जिज्ञासाको समाधान गर्ने र दैनिक प्रतिवेदन पेश गर्ने कार्य मतदाता शिक्षा स्वयंसेवकबाट भइरहेको छ।

नेपालमा पहिले पहिलेका चुनावको इतिहास हेर्दा पनि बदर मतको सङ्ख्या पनि निर्वाचनको एक चुनौती बन्दै आएको छ । हामीले यो सङ्ख्या घटाउन र न्यून गर्नका लागि विविध कार्यक्रम सञ्चालन गरेका थियौँ र त्यसैमध्येको यो मतदाता शिक्षा प्रदान गर्ने पनि एक प्रमुख कार्य हो । यसका माध्यमबाट अघिल्लो निर्वाचनमा पनि बदर मत घटाउने काममा सहयोग पुगेको हो । अहिले पनि मतदान शिक्षा प्रदान गर्ने कामलाई प्राथमिकता राखेरै काम गरेका छौँ । मलाई लाग्छ यसले आसन्न निर्वाचनमा पनि बदर मत कम गर्न सहयोग पुग्छ ।

निर्वाचन आयोगले यस पटक आचारसंहितामा हरित निर्वाचनको विषय पनि समेटेको छ । यो हरित निर्वाचन भनेको के हो र यसको व्यवस्था किन गरिएको हो ?

निर्वाचनकार्यबाट वातावरणलाई कम क्षति हुने र वातावरणमैत्री अभ्यासहरू प्रोत्साहित गर्न सकियोस भनेर हरित निर्वाचनको परिकल्पना गरिएको हो । वातावरणमैत्री किसिमबाट निर्वाचन सञ्चालन गर्ने ध्येय पहिले पनि रहेको नै थियो तर यसपाली त्यसलाई नियमले नै बाँध्न खोजिएको छ । विगतमा पनि वातावरण हाम्रो प्राथमिकतामा थियो ।

तर यो निर्वाचनमा पहिलो पटक आचारसंहितामा नै लेखेर हामीले नियमभित्र पारेका छौँ । जताततै प्लास्टिकलाई विस्थापन गरौँ भन्ने अभियान भइरहेका बेला हामीले नीतिगत रूपमै यो विषयलाई जोड दिनुपर्छ भन्ने लागेर आयोगले आचार संहितामा हरित निर्वाचन उल्लेख गरेको हो ।

निर्वाचन प्रचारप्रसार, सभा, जुलुस, र्‍याली वा घरदैलो कार्यक्रम गर्दा वातावरणमैत्री सामग्रीको प्रयोग गर्नुपर्ने, निर्वाचन प्रचारप्रसार गर्दा डिजिटल प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने, निर्वाचन प्रचारप्रसार, सभा, जुलुस वा र्‍यालीमा ध्वनिप्रदूषण, जलप्रदूषण वा वायुप्रदूषण लगायतका प्रदूषण न्यून गर्ने उपाय अवलम्बन गर्नुपर्ने, निर्वाचन प्रचारप्रसार, सभा, जुलुस वा र्‍याली वा घरदैलो कार्यक्रम गर्दा प्लाष्टिक वा पोलिथिन जस्ता अजैविक सामग्रीको प्रयोग गर्न नहुने, निर्वाचन प्रचारप्रसारका कार्यक्रममा तोकिएको सङ्ख्यामा सवारीसाधन प्रयोग गर्दा इलेक्ट्रिक वा नविकरणीय ऊर्जाबाट सञ्चालन हुने सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने, सभा, जुलुस,र्‍याली वा घरदैलो जस्ता निर्वाचन प्रचारप्रसारका कार्यक्रम सकिएपश्चात् सम्बन्धित दल तथा उम्मेदवारले प्रयोग गरेका सामग्रीहरू अनिवार्य रूपमा सङ्कलन गरी वातावरणमैत्री तवरले उचित व्यवस्थापन गर्नुपर्ने व्यवस्था आचारसंहितामा गरिएको छ ।

राजनीतिक दल र उम्मेदवारले चुनावी घोषणापत्रको प्रगति प्रतिवेदन प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि आचारसंहितामा समेटिएको छ । यो कस्तो व्यवस्था हो र किन गर्नु परेको हो ?

प्रतिनिधिसभा सदस्यको चुनावमा भाग लिने राजनीतिक दल र उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाअनुसार राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी सोको आधारमा प्रचारप्रसार गर्नुपर्ने हुन्छ । निर्वाचन घोषणापत्र राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ । राजनीतिक दल वा निर्वाचित उम्मेदवारले निर्वाचन घोषणापत्रमा उल्लेख भए बमोजिमको कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गर्नुपर्नेछ ।

आम मतदाता र नागरिकहरूसँग राजनीतिक दल र उम्मेदवारको सम्बन्ध निर्वाचन केन्द्रित हुने गरेको छ । निर्वाचनको मिति घोषणा भएपछि उनीहरू जनताको सेवक झैँ प्रचारप्रसार अभियानमा दलबलसहित सरिक हुन्छन् । जनताको घरदैलो चाहर्छन् । भावनात्मक कुराहरू गर्छन् । कहिल्यै पूरा नहुने आश्वासनका प्रतिबद्धता व्यक्त गर्न तँछाडमछाड गर्छन् ।

पुरानै बाचालाई नयाँ शब्दमा व्यक्त गरिरहेका हुन्छन् । निर्वाचन सकिएपछि कतिपयले आफूले गरेका वाचा भुल्ने गरेको पाइन्छ । उम्मेदवार र मतदाताको सम्बन्ध आत्मीय र भरोसायुक्त बनाउने भनेको घोषणपत्रमा उल्लेख गरिएका विषयको ‘पब्लिक अडिट’ गरेर नै हो । राजनीतिक दल र उम्मेदवारले मतदाताको सम्मान गर्ने हो भने अघिल्लो निर्वाचनको घोषणापत्र वा प्रतिज्ञापत्रको कार्यान्वयन अवस्थाबारे स्पष्ट जानकारीसहितको हरेक वर्ष मतदाताको अगाडि प्रस्तु हुनुपर्छ भनेर नै आयोगले यो नयाँ व्यवथा गरेको हो ।

अन्त्यमा, अब मतदानको प्रक्रियामात्र बाँकी रहेको यहाँले बताउनुभयो । आजका दिनमा निर्वाचन आयुक्तको हैसियतले सबै नेपाली नागरिकलाई यहाँले के भन्न चाहनुहुन्छ सन्देश दिन चाहनुहुन्छ ?

आम मतदाता दिदीबहिनी दाजुभाइहरु सबै सार्वभौम अधिकारसम्पन्न हुनुहुन्छ । सबैले आफ्नो मतदानको अधिकारको अधिकतम प्रयोग गरिदिनुहुन मेरो पहिलो अनुरोध छ । हामी सबै मिलेर स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने हो। यो निर्वाचनले विधिको शासन बहाली गर्न र संवैधानिक प्रक्रियालाई निरन्तरता दिन सहयोग पुग्नेछ भन्ने मलाई लाग्दछ । त्यसैले निर्धक्क रूपमा मतदान गरेर आफ्ना प्रतिनिधि चयन गर्न म सबै नेपाली दिदीबहिनी तथा दाजुभाईमा आग्रह गर्दछु ।

परिस्थितिले जन्माएको अवस्थाको अप्ठ्यारो परिधिभित्र रहेर निर्वाचन आयोगले बडो मेहनतका साथ छोटै समयमा निर्वाचन सम्पन्न गर्न गइरहेको तथ्यलाई बुझिदिन म सबैसँग आग्रह गर्दछु । त्यस्तो अवस्थाको मुलुकका राजनीतिक दलहरुसहित सबै सरोकारवाला पक्षहरुलाई पनि संवादका माध्यमबाट सहमतिमा ल्याएर यो निर्वाचन सम्भव भएको हो भन्ने कुरा त यहाँहरुले बुझिदिनुभएकै छ । यही अवस्था र परिस्थितिलाई बुझेर सबै नेपालीलाई निर्वाचनमा सहभागी हुन र आफ्ना प्रतिनिधि छनोटका लागि सक्रिय रूपमा सहभागी भएर मतदान गर्न म सबैमा पुनःआग्रह गर्दछु ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

इजरायल र इरानमाथि खनिए ट्रम्प

इरान फेरि कुराकानी गर्न तयार नभए पनि मलाई कुनै चिन्ता छैन : ट्रम्प

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

ताजा समाचार

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

इजरायल र इरानमाथि खनिए ट्रम्प

इरान फेरि कुराकानी गर्न तयार नभए पनि मलाई कुनै चिन्ता छैन : ट्रम्प

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host