Outline Khabar
बुधबार, पुस २, २०८२
Wednesday, December 17, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, पुस २, २०८२
Wednesday, December 17, 2025
                                                       
No Result
View All Result

इजरायल–हमास युद्धविरामः १५ महिनादेखि जारी युद्ध अन्त्य

इजरायल–हमास युद्धविरामः १५ महिनादेखि जारी युद्ध अन्त्य

एजेन्सी । इजरायल र हमासबीच बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको छ । यससँगै पन्ध्र महिनादेखि जारी युद्ध अन्त्य हुने आशा बढेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताको पुष्टि गर्दै त्यसमा पूरा र सम्पूर्ण युद्धविराम, गाजाबाट इजरायली फौज फिर्ता र हमाससँग भएका सबै बन्धकहरूको रिहा समेटिएको जनाएका छन् ।

छ साता लामो हुने युद्धविरामको पहिलो चरणमा केही इजरायली बन्धकहरू छाडिनेछ । त्यसको साटो इजरायलले प्यालेस्टिनी बन्दीहरू समेत छाड्ने र केही क्षेत्रबाट इजरायली फौज फिर्ता हुनेछ ।
यदी सो चरण सफल भएमा स्थायी युद्धविरामका लागि वार्ताहरू हुनेछन् । यस सम्झौताले प्यालेस्टिनीहरूसम्म थप सहायता पुग्ने बाटो खोलिदिनेछ ।

Subisu

भविष्यमा गाजामा कसले शासन गर्नेछ भन्ने र के इजरायल त्यस भूभागबाट पूर्ण रूपमा बाहिरिनेछ भन्ने सवाललाई पछि सम्बोधन गरिनेछ । बीबीसीका अनुसार हमाससँग अझै ९४ जना बन्धकहरू छन् । तीमध्ये ३४ जनाको मृत्यु भइसकेको हुनसक्ने ठानिएको छ । राष्ट्रपति बाइडनले यस सम्झौता इजराली बन्धकका परिवारमा लामो समयदेखि रहेको प्रतीक्षाको अन्त्य र प्यालेस्टिनीहरूलाई पुनस्र्थापनाको अवसर रहेको बताएका छन् ।

उनले गाजाबासीहरू भयानक अवस्थाबाट गुज्रिएको र अब उनीहरू हमासबाट मुक्त भएर बाँच्न सक्ने आशा गरेको बताएका छन् । कार्यकालको अन्त्यमा रहेका बाइडनले यस सम्झौता आफूले यसअघि मे महिनामा अघि सारेकै ढाँचामा रहेको बताए ।

अमेरिकी राष्ट्रपति–निर्वाचित डोनल्ड ट्रम्पले ह्वाइटहाउसले भन्दा अगाडी यस सम्झौता घोषणा गरेका थिए । उनले त्यो आफ्नो राष्ट्रपतीय जितपछि मात्र सम्भव भएको बताए ।

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यस प्रयासका लागि भन्दै बाइडन र ट्रम्प दुवैलाई धन्यवाद दिएका छन् । सम्झौताको खबर फैलिएसँगै गाजाभर हर्षोल्लास छाएको छ ।

डेर अल–बलाह र खान यूनिसबाट प्राप्त तस्बिरमा मानिसहरू खुसीसाथ प्यालेस्टिनी झण्डा बोकेर नाराबाजी गरेको देखिन्छ ।

अन्यत्र इजरायली हमला भएका विवरण समेत छन् । हमासद्वारा सञ्चालित नागरिक प्रतिरक्षा निकायका अनुसार बुधबार मात्र इजरायली हवाई हमलाका कारण २० जना मानिसहरू मारिएका छन् ।

इजरायली बन्धकहरूका परिवारहरू हर्ष र राहत महसुस गरेका छन् । उनीहरूमा सम्झौता पूर्ण रूपमा कार्यान्वयन नहुने पो हो कि भन्ने चिन्ता समेत देखिन्छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिण इजरायलमा गरेको अप्रत्याशित हमलामा १,२०० जनाको मृत्यु हुनुका साथै २५१ जना बन्धक बनाइएका थिए । त्यसपछि हमासविरुद्ध इजरायलले सुरु गरेको प्रत्याक्रमणमा गाजामा ४७,००० भन्दा बढी मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

एमाले महाधिवेशनः निर्वाचन प्रक्रिया बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित

एमाले महाधिवेशनः निर्वाचन प्रक्रिया बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित

एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने

एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने

योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए पद तथा गोपनीयताको शपथ

योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए पद तथा गोपनीयताको शपथ

८१ स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध अख्तियारले चलायाे मुद्दा (सूचीसहित)

पोखरा विमानस्थलका आयोजना प्रमुखमाथि साढे दुई करोड अकुत सम्पत्तिको मुद्दा

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, मतदान साँझ ७ बजेदेखि

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, मतदान साँझ ७ बजेदेखि

नेप्से १७.१८ अंकले घट्यो

शेयर बजार दोहोरो अंकले बढ्यो, नेप्से २,६१९ मा कायम

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host