काठमाडौं । सुरक्षाका कारण देखाउँदै आईपीएलको आजको खेल बीचमै रोकिएको छ । हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल चल्दै गर्दा फ्लडलाइट निभेपछि प्राविधिक कारण देखाइएको थयो । तर सोही समयमा पाकिस्तानले भारतका विभिन्न क्षेत्रमा आक्रमण गरेको खबरले आतंक पैदा गरेको थियो ।
पञ्जाबले १०.१ ओभरमा १ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा खेल रोकिएको हो । सुरक्षाको कारण देखाउँदै मैदान खाली गर्न भनिएको छ । बीसीसीआईले यस असहज परिस्थितिका लागि क्षमायाचना पनि गरेको छ ।












