काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले रु. एक लाखको स्वास्थ्य बिमा रकमलाई वृद्धि गरी पाँच लाख पुर्याउने बताएका छन्।
सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बिमामा रु. पाँच लाखको व्यवस्था गर्नेछु। त्यसले बिरामीलाई सहयोग हुनेछ।’ उनले एकीकृत र एकद्वार प्रणालीबाट मात्रै बिमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए।
बिमा रकम रु. पाँच लाख पुर्याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको कथन थियो।












