काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को गभर्निङ बडीमा नेपाल सर्वसम्मतिले निर्वाचित भएको छ। तीन वर्षे कार्यकालका लागि नेपाल उपसदस्यमा निर्वाचित भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
उपसदस्यका रुपमा नेपाल २०२४ देखि २०२७ सम्मको कार्यकाल चलाउने छ । जसमा सरकार, रोजगारदाता र ट्रेड युनियनको प्रतिनिधित्व हुन्छ । जेनेभामा जारी आईएलओको ११२ औं अन्तराष्ट्रिय सम्मेलनमा गत शुक्रबार मतदान भएको थियो ।
मतदानमा एसिया–प्यासिफिक क्षेत्रबाट नेपाल निर्वाचित भएको हो । मतदानमा १८७ मुलुकले सहभागिता जनाएको थियो । जसमध्ये नेपालले १८५ मत प्राप्त गरेको थियो ।