काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ मा अस्ट्रेलियाले नामिबियालाई हराउँदै सुपर आठमा पुगेको छ। वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रंगशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई ९ विकेटले हराउँदै विश्वकपको सुपर आठमा प्रवेश गरेको हो।
समूह ‘बी’मा रहेको अस्ट्रेलियाले लगातर तेस्रो जित हासिल गर्दै विश्वकपको सुपर आठमा पुगेको हो। अस्ट्रेलियाले यसअघि ओमानलाई ३९ र इंग्ल्यान्डलाई ३६ रनले हराएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नामिबियाले जितका लागि दिएको ७३ रनको सामान्य लक्ष्य पछ्याएको अस्ट्रेलियाले ५ दशमलव ४ ओभरमा १ विकेट गुमाउँदै पूरा ग¥यो।
अस्ट्रेलियाका लागि ट्रविस हेडले सर्वाधिक ३४ रनको योगदान दिए। उनले १७ बलमा पाँच चौका र दुई छक्कासहित ३४ रनमा अविजित रहे। त्यस्तै डेविड वार्नरले २० जोड्दा कप्तान मिचेल मार्सले १८ रन बनाए। नामिबियाका डेविड विजाले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको नामिबिया १७ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनमा समेटिएको थियो। नामिबियाका लागि कप्तान जेराल्ड इरास्मसले ४३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए।
त्यस्तै माइकल भान लिंगेनले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। समूह ‘बी’मा अस्ट्रेलिया तीन खेलमा छ अंकका साथ शीर्षस्थानमा छ।