काठमाडौं । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका हिन्दीस्थित रहेको इलेक्ट्रो हाइड्रोपावरको ढलान भत्किँदा दशजना मजदुर घाइते भएका छन् । दुईजना बेपत्ता छन् ।
घाइतेको उद्धार गरी बाह्रबिसे प्राथमिक अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ताको खोजीको प्रयास भइरहेको छ ।
मजदुरहरुले ढलान गर्दागर्दै भत्किएको हो । ४० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना निर्माणाधीन छ ।
हेर्नुहोस् भिडियो