काठमाडौं । रोटरी क्लब अफ पशुपति काठमाडौं, रोट्रयाक्ट क्लब अफ पशुपति काठमाडौं र रोट्रयाक्ट क्लब पशुपति नेपाल ल क्याम्पसले दुई संस्थामा खाद्यान्न तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।
क्लबका पूर्व अध्यक्ष तथा एकेएस ट्रस्टी सर्कल सदस्य शशिराज पाण्डेको ७९ औं जन्मोत्सवको अवसरमा हरेक वर्षझैं यो वर्ष पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम अन्तर्गत पूर्वअध्यक्ष स्व. खड्गजित बरालको स्मरणमा महाराजगञ्जस्थित आरोग्य बिरामी आश्रममा खाद्यान्न सामग्री, तथा माकलबारीस्थित स्पाइनल इन्जरी नेटवर्कमा मेडिकल र सर्जिकल सामग्रीहरू हस्तान्तरण गरिएको क्लबले जनाएको छ।
हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष गणेश सुवेदी, पूर्व अध्यक्षहरू चुमनजंग शाही, हर्क साउद, मिलन कुमार केसी, प्रेसिडेन्ट इलेक्ट बिन्दुप्रकाश जोशी, प्रेसिडेन्ट नोमिनी दीपेन्द्र बास्केटा, सेक्रेटरी मनोज पौडेल लगायत रोट्रयाक्ट क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
क्लबले प्रत्येक वर्ष शशिराज पाण्डेको जन्मोत्सवको अवसरमा सामाजिक कार्य गर्दै आएको छ। यस किसिमका सहकार्यले संस्थालाई मात्र होइन, समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।












