Outline Khabar
आइतवार, कार्तिक २, २०८३
Sunday, October 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, कार्तिक २, २०८३
Sunday, October 18, 2026
                                                       
No Result
View All Result

 पैसा अभावमा जलनको उपचार रोक्न नपर्ने: काठमाडौं महानगरले लक्षित वर्गका लागि प्रतिव्यक्ति २ लाखसम्म निःशुल्क उपचार गर्ने

अति विपन्न, हिंसापीडित र बेवारिसेसहित लक्षित वर्गलाई कीर्तिपुर अस्पतालमार्फत उपचार

 पैसा अभावमा जलनको उपचार रोक्न नपर्ने: काठमाडौं महानगरले लक्षित वर्गका लागि प्रतिव्यक्ति २ लाखसम्म निःशुल्क उपचार गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जलनको उपचार आवश्यक पर्ने लक्षित वर्गका व्यक्तिलाई प्रतिव्यक्ति २ लाख रुपियाँसम्मको निःशुल्क उपचार गराउने भएको छ । अति विपन्न, हिंसापीडित तथा बेवारिसे बिरामीलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा सेवा प्रदान गरिनेछ ।

यस्तै, काठमाडौँ महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने स्थायी बासिन्दा, कानुनबमोजिम बसाइँसराइ गरी आएका व्यक्ति, महानगरका जनप्रतिनिधि, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले पनि यो सेवा पाउनेछन्। उपचारका लागि प्रतिव्यक्ति २ लाख रुपियाँसम्मको खर्च कोषबाट व्यहोरिनेछ ।

Subisu

जलन उपचार कोषको रकम उपचारका लागि मात्र प्रयोग गर्न पाइनेछ । बिरामीले अस्पतालको क्याबिन, ईएचएस वा कस्मेटिक उपचार रोजेमा भने कोषबाट रकम खर्च गरिनेछैन । अस्पतालले आफूसँग उपलब्ध सेवा र सुविधामै यो कोष परिचालन गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सेवा सञ्चालनका लागि काठमाडौँ महानगरपालिका र कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रष्ट) बीच बिहीबार सम्झौता भएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको रोहवरमा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसी र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक गौरी प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

जलनको निःशुल्क उपचार सेवा सञ्चालन तथा आवश्यक औजार र उपकरणका लागि महानगरपालिकाले अस्पताललाई २ करोड रुपियाँ प्रदान गरेको छ । यसमध्ये १ करोड रुपियाँ ‘जलन उपचार कोष’ का लागि हो । चालु आर्थिक वर्षमा कोषको रकम खर्च हुन नसके आगामी वर्षमा पनि जलन उपचारमै प्रयोग गरिनेछ ।

त्यस्तै, गत वर्ष खरिद गरिएका साधन तथा उपकरणका लागि १ करोड रुपियाँ प्रदान गरिएको हो । यसबाट एक थान एनेस्थेसिया मेसिन, २५० केभीएको एक थान जेनेरेटर र ५०० एमए क्षमताको एक थान डिजिटल एक्स-रे मेसिन खरिद गरिएको छ । यी सामग्री कार्यवाहक प्रमुख डंगोलले बिहीबार अस्पताललाई हस्तान्तरण गरेकी छन् ।

सामग्री तथा चेक हस्तान्तरणपछि कार्यवाहक प्रमुख डंगोलले जलनमा परेका व्यक्तिले आर्थिक अभावकै कारण उपचार नपाउने अवस्था अन्त्य गर्न कोषको व्यवस्था गरिएको बताइन् । उनले भनिन्, ‘कसैले जलन भोग्नु नपरोस् । भवितव्य पर्‍यो भने पैसा नभएर अस्पताल नलैजाने अवस्था नआओस् । बल्ल बल्ल अस्पताल पुर्‍याएपछि विरामी छोडेर पैसाको खोज्न जानु नपरोस् । यसका लागि कोषको व्यवस्था गरेका हौँ ।’

उनले आगलागी नियन्त्रणका क्रममा फ्रन्टलाइनमा खटिने अग्नि नियन्त्रक, नगर प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी तथा महानगरवासीलाई जलनबाट बच्ने उपायबारे क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने बताइन् । ‘जलनमा पर्नेलाई २ लाख रुपियाँसम्मको निःशुल्क उपचार प्रदान गर्नेछौँ,’ उनले भनिन् ।

महानगरपालिकाले उपलब्ध गराएको ५०० एमएको डिजिटल एक्स–रे मेसिनबाट दैनिक एक सय जनासम्मलाई सेवा दिन सकिने जानकारी दिँदै डंगोलले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, टिचिङ अस्पताल र कान्ति बाल अस्पताललगायत ठूला अस्पताललाई आवश्यक पूर्वाधार, साधन तथा उपकरणमा सहयोग गरिएको बताइन् । नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन महानगर अस्पताल स्थापनाको तयारीसमेत भइरहेको उनले जानकारी दिइन् ।

आर्थिक वर्ष २०८२/८३ मा महानगरपालिकाले अस्पताललाई करिब १ करोड रुपियाँ बराबरका स्वास्थ्य उपचारका लागि आवश्यक साधन तथा उपकरण खरिद गर्न सहयोग गरेको थियो ।

सम्झौता समारोहमा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले अस्पतालबाट प्रवाह हुने सेवाको गुणस्तर र क्षमता बढाउन महानगरपालिकाले सहयोगलाई निरन्तरता दिने बताए । अस्पतालका कार्यकारी अध्यक्ष डा. भरतकुमार प्रधानले महानगरपालिकाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताउँदै महानगरपालिकाले प्रवाह गर्ने स्वास्थ्य सेवामा अस्पतालले पनि सहयोग गर्न चाहेको बताए ।

अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधानले आर्थिक वर्ष २०८१/८२ मा महानगरपालिकाले दुईवटा लिफ्ट जडान गरिदिनुका साथै उपचारमा आवश्यक साधन तथा उपकरणमा सहयोग गरेपछि बिरामी र आफन्तलाई सेवा लिन सहज भएको बताए ।

अस्पतालका प्रा. डा. शंकरमान राईले पछिल्लो दशकमा जलन उपचारमा ठूलो सुधार भएको बताए । ‘गएको १० वर्ष अगाडिसम्म ४० प्रतिशत जलेका विरामीलाई बचाउन नसकिने अवस्था थियो । अहिले ५० प्रतिशत जलेका विरामीमध्ये ५० प्रतिशतलाई नै बचाउने क्षमता विकास गरेका छौ,’ उनले भने ।

महानगरपालिकालगायत अन्य निकायबाट पनि सहयोग प्राप्त भए आगामी १० वर्षभित्र ७० प्रतिशतसम्म जलेका बिरामीमध्ये ५० प्रतिशतलाई बचाउन सक्ने लक्ष्य रहेको उनले बताए ।

सम्झौताअनुसार उपचार सेवासँगै जलनसम्बन्धी दुर्घटना हुन नदिने उपाय, प्राथमिक उपचार तथा सुरक्षा सम्बन्धमा जनचेतनामूलक कार्यक्रम र तालिमसमेत सञ्चालन गरिनेछ । यससँगै आर्थिक अभावका कारण गम्भीर जलनको उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न सहयोग पुग्ने महानगरपालिकाको विश्वास छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत, आन्तरिक स्रोतबाट पनि ५६ करोड खर्च गर्ने

बाढीपहिरोको शोकबीच दसैँ, विदेशिने नेपालीको पीडा बदल्ने प्रधानमन्त्री बालेनको प्रतिबद्धता

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्चको मर्मत गर्ने, ४५ दिनको समयसीमा

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host