काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमाको सुविधा थैलीअन्तर्गत का सेवा सुविधाको परिमार्जित नयाँ मूल्य सार्वजनिक गरेको छ । बोर्डले १२ सय ९० प्रकारका औषधिको मूल्य निर्धारण गरी सो परिमार्जित नयाँ मूल्य सार्वजनिक गरेको हो ।
औषधिको नयाँ मूल्य साउन १ गतेदेखि लागू हुने बोर्डकी सूचना अधिकारी ओम कुमारी कँडेलले बताइन् । परिमार्जित मूल्यमा ओपीडी टिकट ५० रुपैयाँ, सामान्य शय्याको मूल्य प्रतिदिन दुई सय ५० रुपैयाँ लगायत उल्लेख गरिएको छ ।