काठमाडौं । सरकारले हेमोफिलिया (रगत नजम्ने रोग) का बिरामीलाई निःशुल्क औषधी वितरण गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ सरकारी अस्पतालबाट हेमोफिलियाको निःशुल्क औषधी वितरण गर्ने तयारी गरेको हो।
मन्त्रालयले विश्व हेमोफिलिया महासंघको सहयोगमा आएको औषधी वितरण गर्न लागिएको जनाएको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गत फागुन ४ गते विश्व हेमोफिलिया महासंघसँग औषधी निःशुल्क वितरण गर्न सम्झौता गरेका थिए।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख डा. पवनजंग रायमाझीले सम्झौताअनुसार हेमोफिलियाका बिरामीले प्रयोग गर्ने ५ प्रकारका औषधी नेपाल आएको जानकारी दिएका छन्।












