काठमाडौं । काठमाडौंको चाबहिलमा एक युवकको हत्या भएको छ । चाबहिलको कुमारीगाल भन्ने ठाउँमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
सोमबार बिहान दुई समूहबिच झगडा हुँदा काभ्रे घर भएका २२ वर्षीय अमृत कार्कीले ज्यान गुमाएका छन् । झडपमा संलग्न दुवै समूहका केही व्यक्तिहरू पक्राउ परेका छन् । यद्यपि पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन ।