एजेन्सी । भारतले पाकिस्तानमाथि गरेको सैन्य हमलाका क्रममा त्यहाँको उग्रवादी समूह जैस ए मोहम्मदका कमाण्डर मसूद अजहरको पििरवारका १० जना सदस्यसहित १४ जना मारिएको बीबीसीले जनाएको छ ।
जैस ए मोहम्मदको तर्फबाट बुधवार जारी गरिएको बयानमा अजहरकी दिदी र भिनाजुसाहित सो परिवारका ५ सालका बच्चासहित मारिएका छन् । यसक्रममा उनीहरुका तीन सहयोगी पनि मारिएको संगठनले जनाएको छ ।
पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भएको हमलामा मसूद अजहरका नातेदारहरु मारिएका हुन् । सो संगठनले सन् २०१९ मा गरेको आत्घाती बम विष्फोटमा ४० सैनिकको मृत्यु भएको थियो ।


![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)



