काठमाडौं । हरेक दिन महँगो मूल्यको कीर्तिमान बनाउँदै आएको सुनको भाउ आज अहिलेसम्मकै उच्चदरमा बढेको छ। आज सुनको भाउ तोलाको २० हजार पाँचसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मूल्य बढेर सुनको भाउ आज तोलाको तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको छ। यो सुनको भाउ हालसम्मकै सबैभन्दा महँगो हो।हिजो सुनको भाउ प्रतितोला नौहजार पाँचसय रुपैयाँ बढेर तीन लाख १८ हजार आठसय रुपैयाँ पुगेको थियो। गएका एक सातामै सुनको भाउ तोलामा ५७ हजार पाँचसय रुपैयाँ बढेको छ। चाँदीको भाउ आज सात हजार ५०५ कायम भएको महासंघले जनाएको छ।




![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)

