काठमाडौं । झापास्थित गिरीबन्धु टी-स्टेट प्रालिले चिया बगान सार्नेबारे स्पष्टीकरण दिएको छ। जग्गा सट्टापट्टाबारे अनावश्यक भ्रम र प्रचार गरिएको भन्दै प्रालिले आज पत्रकार सम्मेलनमार्फत सबै दलहरुको सहमतिमा बगान सार्ने निर्णय भएको बताएको हो।
बिर्तामोड बजारको तीव्र विकास र विस्तार, चिया बगान क्षेत्रमा बढ्दै गएको फोहोर मैला, चियाका बुट्टाहरु काटी दाउराको रुपमा लैजाने गरेको, आत्मा हत्याको प्रकरण हुने गरेकोजस्ता समस्याका कारण जनताको दबाब र सबै दलको सहमतिमा बगान सार्न खोजिएको जनाएको छ।
यसबाहेक उसले २०३० सालमा मात्रै पूर्व–पश्चिम राजमार्ग निर्माण सम्पन्न भएको र गिरीबन्धु २०२० मै स्थापित भएकाले गिरी–बन्धु परिवारको निजी जग्गामा चिया बगानका लागि प्रचलित कानुनबमोजिम हदबन्दी पाएको स्पष्ट पारेको छ।