काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रबहादुर पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले मन्त्रिपरिषद्मा मंगलबार दुई मन्त्री थप गरेका हुन्। नवनियुक्त मन्त्रीद्वय फणीन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे) ले मंगलबारै शपथ पनि लिएका छन्।
प्रदेश प्रमुख कृष्णप्रसाद धितालले उनीहरूलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहकाबीच शपथ ग्रहण गराएका हुन्। देवकाटोले ‘फ्लोर क्रस’ गरेर पाण्डेलाई सोमबार विश्वासको मत दिएका थिए भने मनाङेले कित्ता फेर्दै पाण्डेलाई मत दिएका थिए।
देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङेलाई भौतिक पूर्वाधार मन्त्रीको रूपमा शपथ ग्रहण गराइएको प्रदेशसभा सचिवालयले जनाएको छ।












