काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेत्रहीन क्रिकेट संघ नेपालको व्यवस्थापनमा पारा तथा विशेष खेलकुदअन्तर्गत नेत्रहीन क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
मूलपानीमा भएको प्रतियोगितामा सात प्रदेशबाट ३९ पुरुष खेलाडी सहभागी थिए । ३९ खेलाडीलाई ३ समूहमा विभाजन गर्दै तीनै टिम बनाएर राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गराइएको थियो । त्यसमा ‘बी’, ‘ए’ र ‘सी’ टिम क्रमशः शीर्ष तीन स्थानमा रहे ।
प्रतियोगिताको प्रदर्शनका आधारमा पाकिस्तानमा नोभेम्बरमा हुने नेत्रहीन क्रिकेट विश्वकपका लागि खेलाडी छनोट गरिने नेत्रहीन क्रिकेट संघ नेपालका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जनाएका छन् ।