काठमाडौं । जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टा नबित्दै अंग्रेजी विषयकाे प्रश्नपत्र आउट भएको छ । प्रश्नपत्र सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएको छ ।
जनकपुरको एक परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र आउट भएको भनिए पनि कुन केन्द्रबाट आउट भएको हो भन्नेबारे अहिलेसम्म खुलिसकेको छैन । केन्द्राध्यक्षले नै प्रश्नपत्र आउट गरेको अनुमान छ । यसबारे अनुसन्धान भइरहेको परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीले बताए ।
यसैबीच जाजरकोटको शिवालयमा रहेको एक विद्यालयबाट अंग्रेजी विषयको प्रश्न पत्र आउट भएको छ । परीक्षा सुरु भएको एक घण्टा नहुँदै प्रश्न पत्र आउट भएको हो । प्रश्न पत्र सामाजिक सञ्जाल म्यासेन्जर र ह्वाटएप मार्फत ग्रुप बनाएर आउट गरिएको ग्रुपमा जोडिएका एक व्यक्तिले बताए ।
उनका अनुसार प्रश्न पत्र शिवालय–७ को वीरेन्द्र मावि जुँगाथापाचौर माविबाट बाहिरिएको हो । उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष शेरबहादुर खत्रीले प्रश्न पत्र बाहिरिएको कुरा गलत भएको बताए ।












