एजेन्सी । युरोकपको फाइनलमा स्पेन र इंग्ल्याण्ड आज राति भिड्दै छन् । फाइनल खेल नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि सुरु हुने छ ।
सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इंग्ल्याण्डलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।
२०२० मा सम्पन्न युरो कपमा इंग्ल्याण्ड फाइनलमा इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
यामललाई फाइनलमा पुरै समय खेलाए ४३ लाख बढी रकम तिर्नु पर्ने
स्पेन र इंग्ल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले १० पटक जितेको छ भने इंग्ल्याण्डले १४ खेल जितेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।