एजेन्सी । फ्रान्सविरुद्ध पुनरागमन जित निकाल्दै स्पेन युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति म्युनिख एरेनामा भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ ले हराएर फाइनल पुगेको हो ।
खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । नवौं मिनेटमै रान्डल कोलो माउनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।
२१औं मिनेटमा लामिन यामलले पेनाल्टी बक्स बाहिरबाट टप कर्नरमा उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
त्यसपछि डानी ओल्मोले २५औं मिनेटमा गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन ।
स्पेनन युवा स्टार यामलले १६ वर्ष ३६२ दिन हुँदा गोल गर्दै युरोमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाए ।