Outline Khabar
सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026
                                                       
No Result
View All Result

मंगलको सट्टा चन्द्रमामा किन सेल्फ-ग्रोइङ सिटी बनाउन चाहन्छन् मस्क?

मंगलको सट्टा चन्द्रमामा किन सेल्फ-ग्रोइङ सिटी बनाउन चाहन्छन् मस्क?

काठमाडौं। हालै एलन मस्कले आफ्नो एउटा योजना सार्वजनिक गरेका छन्। त्यसअनुसार आगामी १० वर्षभित्र चन्द्रमामा ‘सेल्फ-ग्रोइङ सिटी’ (आत्मनिर्भर सहर) निर्माण गर्न सकिने उनको दाबी छ।

एक्स, टेस्ला र स्पेसएक्सका प्रमुख तथा विश्वका धनी व्यक्तिमध्ये एक मस्कले एक्समा गरेको हालैको पोस्टमा यस्तो बताएका हुन्, जुन पोस्ट चार करोडभन्दा बढी पटक हेरिएको छ।

Subisu

उनका अनुसार स्पेसएक्सले मंगल ग्रहमा सहर बसाउने योजनाबाट ध्यान हटाएर अहिले चन्द्रमामा केन्द्रित गरेको छ। तर, मस्कले किन मन बदले र चन्द्रमामा बन्ने भनिएको यो ‘सेल्फ–ग्रोइङ सिटी’ बारे हामीलाई के थाहा छ?

मंगलको सट्टा चन्द्रमामा किन?
अहिलेसम्म यस सहरको औपचारिक वा विस्तृत नक्सासहितको योजना सार्वजनिक गरिएको छैन। तर मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा साझा गरेको एउटा दृष्टिकोण भने छ।

उनले चन्द्रमामा त्यहाँ उपलब्ध स्रोतको प्रयोग गरेर क्रमशः विस्तार हुन सक्ने स्थायी मानव बस्ती स्थापना गर्ने कुरा गरेका छन्।

उनका अनुसार यो लक्ष्य ‘१० वर्षभन्दा कम समयमा’ हासिल गर्न सकिन्छ, जबकि मंगलका लागि २० वर्षभन्दा बढी समय लाग्न सक्छ।

मस्क भन्छन्, ‘स्पेसएक्सको मिशन उही रहनेछ, हामीले चिन्ने चेतना र जीवनलाई तारासम्म फैलाउने।’

मंगल यात्राका लागि सौर्यमण्डलका ग्रहहरू विशेष अवस्थामा एउटै रेखामा आउनुपर्छ, जुन करिब प्रत्येक २६ महिनामा एकपटक मात्र सम्भव हुन्छ। यस्तो यात्रामा करिब ६ महिना लाग्छ।

तर, चन्द्रमाका लागि भने प्रत्येक १० दिनमा प्रक्षेपण गर्न सकिन्छ र यात्रा मात्र दुई दिनको हुन्छ। उनका अनुसार यसले मंगल सिटीको तुलनामा मून सिटी छिटो सम्पन्न गर्न सम्भव बनाउँछ।

स्पेसएक्सको दीर्घकालीन महत्वाकांक्षा मंगलमा सहर बसाउने भए पनि मस्कले भनेका छन्, ‘हामी करिब पाँचदेखि सात वर्षभित्र सुरु गर्नेछौं, तर सबैभन्दा ठूलो प्राथमिकता सभ्यताको भविष्य सुरक्षित गर्नु हो, र त्यो चन्द्रमामा बढी सम्भव देखिन्छ।’

यस महिनाको सुरुवातमा वाल स्ट्रीट जर्नलमा प्रकाशित एक रिपोर्टअनुसार पनि स्पेसएक्सले लगानीकर्तालाई चन्द्रमामा मिशनलाई प्राथमिकता दिने जानकारी दिएको थियो।

गत वर्षसम्म मस्कले २०२६ को अन्त्यसम्म मानवविहीन मंगल मिशन पठाउने योजना रहेको बताएका थिए। जनवरीमा उनले एक्समा लेखेका थिए, ‘हामी सिधै मंगल जाँदैछौं, चन्द्रमा ध्यान भटकाउने विषय हो।’

तर, विद्युतीय सवारी र सेल्फ–ड्राइभिङ प्रविधिमा महत्वाकांक्षी समयसीमा तोक्ने मस्कको इतिहास हेर्दा ती योजनाहरू समयमै पूरा नभएको उदाहरण पनि छन्।

यो कसरी सम्भव होला?
डा सुंगवू लिमका अनुसार चन्द्रमा आधार स्थापना गर्ने योजना विज्ञान कथा नभई महत्वाकांक्षी हो। उनका अनुसार चन्द्रमाको माटो प्रयोग गरेर अक्सिजन, पानी र निर्माण सामग्री उत्पादन गर्न सकिन्छ, सैद्धान्तिक रूपमा सम्भव छ।

तर चन्द्रमाको अत्यधिक तापक्रम, महीन धुलो र न्यून गुरुत्वाकर्षण जस्ता कठोर अवस्थाले ती प्रणाली विश्वसनीय रूपमा काम गर्छन् कि गर्दैनन् भन्ने चुनौती छ। डा उगुर गुवेनका अनुसार प्रारम्भिक मानव बस्तीका लागि चन्द्रमा मंगलभन्दा उपयुक्त हुन सक्छ, किनकि आपत्कालीन अवस्थामा छिटो सहायता पठाउन सकिन्छ।

प्रोफेसर क्लाइभ नील भन्छन्, चन्द्रमामा पर्याप्त उत्खननयोग्य स्रोत छ भन्ने ठोस प्रमाण नभएसम्म पूर्ण आत्मनिर्भर सहर सम्भव छ कि छैन भन्न गाह्रो छ।

मस्कको यो अभिव्यक्ति यस्तो बेला आएको हो, जब अमेरिकाले यस दशकमा फेरि चन्द्रमामा मानव पठाउने योजनामा चीनसँग प्रतिस्पर्धा गरिरहेको छ। बिबिसी हिन्दीबाट अनुवाद।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

होटेल तथा रिर्सोटमा कार्यक्रम नगर्न मातहतका निकायलाई भूमि मन्त्रालयको निर्देशन

झन्डै दुई महिनापछि कांग्रेसले छान्यो दलको नेता, भीष्मराजले पाए मौका

झन्डै दुई महिनापछि कांग्रेसले छान्यो दलको नेता, भीष्मराजले पाए मौका

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु

काठमाडौंमा आज पनि वर्षा हुने, कहाँको मौसम कस्तो ?

काठमाडौंमा आज पनि वर्षा हुने, कहाँको मौसम कस्तो ?

कांग्रेस बदलिएर आएको छ, मलाई गरेको विश्वास भोटमा बदल्नुस्ः कांग्रेस सभापति गगन थापा

चुनावको दुई महिनासम्म पनि दलको नेता छान्न सकेन कांग्रेसले,समीकरणको लडाइँ पेचिलो

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host