Outline Khabar
आइतवार, कार्तिक २, २०८३
Sunday, October 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, कार्तिक २, २०८३
Sunday, October 18, 2026
                                                       
No Result
View All Result

पाठ्यक्रममा श्रम, रोजगारी र विद्यार्थीको रुचि जोड्न सुझाव

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव

पाठ्यक्रममा श्रम, रोजगारी र विद्यार्थीको रुचि जोड्न सुझाव

काठमाडौं। राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालामा सहभागी सरोकारवालाले विद्यालय शिक्षालाई रोजगारमुखी, प्रयोगात्मक तथा विद्यार्थीको रुचि र स्थानीय आवश्यकतामा आधारित बनाउन सुझाव दिएका छन्।

पाठ्यक्रम विकास केन्द्र, सानोठिमीले आयोजना गरेको प्रदेशस्तरीय कार्यशालामा शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, शिक्षा अधिकृत, अभिभावक, निजी विद्यालयका प्रतिनिधिलगायत सहभागी थिए। उनीहरूले विषय छनोट, मूल्याङ्कन प्रणाली, शिक्षक तयारी र पाठ्यक्रम कार्यान्वयनमा सुधार आवश्यक रहेको बताए।

Subisu

अधिकांश प्रदेशमा विद्यालय शिक्षालाई श्रम, उत्पादन, रोजगारी तथा स्वरोजगारसँग जोड्नुपर्ने विषय प्रमुख रूपमा उठेको थियो। श्रमबजारको मागअनुसार सीप र विषय समावेश गर्न तथा उद्यमशीलता, कृषि र प्रविधिलाई प्राथमिकता दिन सहभागीले सुझाव दिएका छन्।

कोशी प्रदेशमा प्रयोगात्मक सिकाइ र निरन्तर मूल्याङ्कनमा जोड दिन तथा कक्षा ९ देखि विद्यार्थीको रुचि, क्षमता र भविष्यको योजनाअनुसार विषय छनोटको अवसर दिन सुझाव दिइएको छ। मधेशमा उद्यमशीलता, प्रविधि, कृषि र करियरमुखी विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।

बागमतीमा शिक्षकको पेशागत क्षमता विकास र प्राविधिक धारलाई व्यवस्थित गर्नुपर्ने सुझाव आएको छ। गण्डकीमा विद्यालय शिक्षालाई ५–४–३ संरचनामा लैजान र नैतिक शिक्षालाई छुट्टै विषय बनाउन सुझाव दिइएको छ। लुम्बिनीमा पाठ्यक्रम निर्माणमा विद्यार्थीको आवाज समेट्न तथा शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्नेमा जोड दिइएको छ।

सुदूरपश्चिममा नैतिक तथा कम्प्युटर शिक्षा र प्रारम्भिक बालविकास तथा शिक्षालाई पाठ्यक्रम संरचनामै समेट्न सुझाव दिइएको छ। कर्णालीमा दैलेखको भैरवी गाउँपालिका र हिमालय माध्यमिक विद्यालयमा कार्यशाला गरिएको केन्द्रले जनाएको छ।

२८ जिल्लाबाट सुझाव संकलन

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार पाठ्यक्रमलाई समयसापेक्ष, व्यवहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन सातै प्रदेशका २८ जिल्लाबाट सुझाव संकलन भइरहेको छ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार पहिलो चरणमा २८ जिल्लाबाट सुझाव लिएपछि ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइ र केन्द्रको वेबसाइटमार्फत पनि पृष्ठपोषण लिइनेछ। तिहारअघि सुझाव संकलन पूरा गर्ने लक्ष्य छ।

‘पाठ्यक्रम परिमार्जन गर्दा विद्यालय शिक्षा क्षेत्रसँग प्रत्यक्ष जोडिएका शिक्षक, विद्यालय, स्थानीय तह र अन्य सरोकारवालाको अनुभव तथा सुझावलाई समेट्न फिल्डस्तरमा पृष्ठपोषण सङ्कलन गरिएको हो,’ पराजुलीले भने।

राष्ट्रिय पाठ्यक्रम तथा मूल्याङ्कन परिषद्को ९८औँ बैठकको निर्णयअनुसार गत वैशाखमा प्राडा बालचन्द्र लुइँटेलको संयोजकत्वमा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदल गठन गरिएको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत, आन्तरिक स्रोतबाट पनि ५६ करोड खर्च गर्ने

बाढीपहिरोको शोकबीच दसैँ, विदेशिने नेपालीको पीडा बदल्ने प्रधानमन्त्री बालेनको प्रतिबद्धता

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्चको मर्मत गर्ने, ४५ दिनको समयसीमा

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host