काठमाडौं । कास्की तथा आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको जनाइएको छ ।
४.३ म्याग्निच्युडको भूकम्प गएको काठमाडौं लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । कास्कीसँगै गोरखा, लमजुङ, पर्वत, स्याङ्जासहितका जिल्लामा भूकम्पको महसुस भएको थियो ।