काठमाडौं । दोलखाको भीमेश्वरको शिलामा बुधबार मध्याह्नदेखि पुनः पसिना आएको छ। बुधबार दिउँसो १२ः ४५ देखि शिलाको दायाँ भागबाट निरन्तर पसिना बगिरहेको छ ।
दिउँसो १२ः ४५ मा पुजारी काशीनारायण श्रेष्ठले शिला एक्कासि कालो र चम्किलो भएसँगै तप तप पसिना बग्न थालेको देखेपछि गुठियार र पूजा व्यवस्थापन समितिका पदाधिकारीलाई खबर गरेका थिए। सिलामा पसिना आउनु अनिष्टको सूचकका रुपमा मानिन्छ।
यस अघि शनिबार समेत मन्दिरमा पसिना आएको थियो।