Outline Khabar
शनिबार, माघ १०, २०८२
Saturday, January 24, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, माघ १०, २०८२
Saturday, January 24, 2026
                                                       
No Result
View All Result

हेटौंडामा सडक विस्तार सुरुः घरटहरामा चलाइयो डोजर

हेटौंडामा सडक विस्तार सुरुः घरटहरामा चलाइयो डोजर

काठमाडौं । हेटौंडामा शनिबारदेखि सडक विस्तार अघि बढाइएको छ। मकवानपुरस्थित सडक डिभिजन कार्यालयले आज बिहानैदेखि हेटौंडा बजार क्षेत्रमा सडक सीमाभित्र रहेका संरचना डोजर लगाएर हटाउन थालेको हो। विस्तार अभियान शनिबार बिहान ६ बजेबाट हेटौंडाको राप्ती रोड देखि सुरु भएको छ।

सडक विस्तारका क्रममा दायाँबायाँ २५-२५ गजभित्र पर्ने संरचना सुरक्षाकर्मीको उपस्थितिमा भत्काउन सुरु गरिएको हो। यसअघि डिभिजनले १५ दिनको समय दिँदै मंसिर १९ गतेभित्र सडक क्षेत्रमा पर्ने आआफ्ना घरटहरा हटाउन सम्बन्धित व्यवसायी तथा घरधनीलाई सार्वजनिक सूचना गरेको थियो।

Subisu

तर उनीहरूले आन्दोलनमा उत्रिँदै अटेर गरेपछि सडक डिभिजनले आज बिहानैदेखि त्यहाँ डोजर चलाउन थालेको हो। शुक्रबार मात्र सर्वोच्च अदालतले हेटौंडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सर्वोच्चले ६ जनाको हकमा अन्तरिम आदेश दिएको प्रारम्भिक जानकारी भए पनि आदेश जिल्ला अदालतमार्फत औपचारिक रूपमा दर्ता नभएसम्म काम रोक्नुपर्ने स्थिति छैन।

अनौपचारिक रूपमा पठाइएका कागजातले प्रक्रिया प्रभावित नपर्ने अधिकारीको भनाइ छ। उनले भने, ‘ह्वाट्सएपमा आएको कागजले केही हुँदैन, आधिकारिक पत्र आउनुपर्छ।’ प्रशासनका अनुसार राप्ती रोड्बाट सुरु गरिएको र १२ वटा टोली परिचालन गरी रातोमाटे, बुद्धचोक, बाइपास, राप्तीरोडदेखि उद्योग वाणिज्य संघ आसपाससम्म संरचना हटाउने कार्य हुने जनाएको छ।

पहिलो चरणमा सटर, बोर्ड र व्यापारिक गतिविधि रोक्ने काम गरिने र आवासीय घर तत्काल भत्काइन भन्काइने प्रशासनले जनाएको छ । सडक डिभिजन कार्यालय मकवानपुरले पनि मंसिर २० गतेदेखि सडक विस्तार सुरु गर्ने निर्णय यथावत् राखेको छ।

मंसिर ५ मा जारी गरिएको १५ दिने म्याद सकिनअघि कुनै रोक आदेश नआएकाले कानुनी अवरोध नरहेको डिभिजनको दाबी छ। १६ मंसिरमा रास्वपा नेतृ तथा पूर्वसांसद विन्दबासिनी कंसाकारद्वारा सर्वोच्चमा दायर रिटमाथि शुक्रबार सुनुवाइ हुनेछ भन्ने जानकारी आए पनि आदेश कुन क्षेत्रमा र कसका हकमा लागू हुन्छ भन्ने विषय अझै स्पष्ट नभएको प्रशासनले जनाएको छ।

परियोजना अन्तर्गत महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक राप्ती पुलसम्म तथा त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म करिब ९.५ किलोमिटर सडक विस्तार गर्न ५३१ वटा संरचना हटाइनेछ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

सुनको भाउमा ऐतिहासिक रेकर्डः तोलाको ३ लाख बढी

निर्वाचनका लागि ६४ दल दर्ता

नजिकिँदै निर्वाचनः उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

श्रीपञ्चमी : सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै

श्रीपञ्चमी पर्व, हनुमान ढोकामा वसन्त श्रवण

जाँचबुझ आयोगको म्याद २० दिन थप

जाँचबुझ आयोगको म्याद २० दिन थप

हामीलाई चुनाव लड्न नदिए देशमा फेरि चुनाव हुँदैन : रेशम चौधरी

उम्मेदवारी खारेज भएपछि रेशम लेख्छन्,‘राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छ’

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

उम्मदेवारहरुको नामावली प्रकाशन हुँदै

ताजा समाचार

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

सुनको भाउमा ऐतिहासिक रेकर्डः तोलाको ३ लाख बढी

निर्वाचनका लागि ६४ दल दर्ता

नजिकिँदै निर्वाचनः उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

श्रीपञ्चमी : सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै

श्रीपञ्चमी पर्व, हनुमान ढोकामा वसन्त श्रवण

जाँचबुझ आयोगको म्याद २० दिन थप

जाँचबुझ आयोगको म्याद २० दिन थप

हामीलाई चुनाव लड्न नदिए देशमा फेरि चुनाव हुँदैन : रेशम चौधरी

उम्मेदवारी खारेज भएपछि रेशम लेख्छन्,‘राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छ’

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

उम्मदेवारहरुको नामावली प्रकाशन हुँदै

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host