काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको सेवाबाट राजीनामा दिएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार ऐरीले केही दिन अघि नै घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए। प्रहरी मुख्यालयले सो राजीनामा स्वीकृत गरिसकेको जानकारी उनले दिएका छन्।
दिपेन्द्र ऐरी नेपाल प्रहरीमा सहायक हवलदार (Assistant Sub-Inspector) को दर्जामा कार्यरत थिए। उपकप्तान ऐरी नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडीमध्ये एक हुन्। उनले नेपाली क्रिकेटको सफलतामा लामो समयदेखि उल्लेखनीय योगदान दिँदै आएका छन्।
राजीनापछि अब ऐरी पूर्णकालीन रूपमा क्रिकेटमै केन्द्रित हुने अनुमान गरिएको छ।












