काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई कानुन बमोजिमबाहेक धरपकड नगर्न तथा नगराउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारीको इजलासले सोमबार यस्तो आदेश दिएको हो ।
इजलासले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई असार ५ मा बोलाएको छ । यसअघि पाठकलाई पक्राउ गर्न प्रहरीको साइबर ब्युरोले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।












