काठमाडौं । नेपाल प्रहरीले विभिन्न मानवीय क्रियाकलाप गर्दा उत्पन्न हुने ध्वनी प्रदूषण कम गर्न नागरिकलाई सचेत गराएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले आज सूचना जारी गर्दै ध्वनि प्रदूषण नगर्नेतर्फ ध्यान दिन नागरिकलाई सचेत गराएको हो।
ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक रहेकोसमेत प्रहरीले जनाएको छ। ध्वनि प्रदूषणका कारण खासगरी गर्भवती महिला, मुटु रोगी एवम् वृद्धवृद्धा र बालबालिकाको शैक्षिक, मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्नुका साथै सर्वसाधारण जनताको सामाजिक, आर्थिक क्रियाकलाप तथा नैतिक मूल्य मान्यता समेत प्रभावित हुने प्रहरीको भनाइ छ।
हेर्नुहाेस् सूचना













