काठमाडौं । रोटरी क्लब अफ मातृभूमि बालुवाटार डिस्ट्रिक्ट गभर्नस अफिसियल क्लब भिजिट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम काभ्रेको बल्थली माउन्टेन रिसोर्टमा सम्पन्न भएको हो ।

कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर रोटेरियन बिनोद कोइरालाको प्रमुख आतिथ्यता, प्रथम महिला विभा कोइराला विशिष्ट अतिथि तथा डिस्ट्रिक्टका अधिकारीहरु, रोटरी एक्सन गु्रपका ब्याचमेट अध्यक्षहरू, अन्य क्लबका आमन्त्रित अतिथि रोटरियनहरु, क्लबका परिवारजन र शुभचिन्तकको उपस्थिति रहेको थियो ।
औपचारिक कार्यक्रम अगि क्लबका सदस्यहरूले आधारभूत शिक्षा र साक्षरता अन्र्तगत सेवा परियोजना सञ्चालन गर्दै लड्केस्वर आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेका थिए ।
क्लबका अध्यक्ष रोेटरियन निर्मल ढकालले वितरण कार्यक्रममा रोटरीको मूलमन्त्र सर्भिस एबोभ सेल्फलाई स्मरण गर्दै रोटरी केवल सहयोगी संस्था मात्र नभएर मानवीय भावनाको साझा मञ्च भएकोले रोटरी क्लब अफ मातृभूमि बालुवाटार सधैं समुदायका आवश्यकता अनुसार सहयोगका लागि उपस्थित हुने प्रतिवद्वता जनाएका थिए ।

विद्यार्थीहरूलाई न्यानो कपडा र साथमा स्नेह प्रदान गरिएको सो कार्यक्रमले रोटरीको मानव सेवा भावनालाई उजागर गरेको अध्यक्ष ढकालले बताए । सेवा परियोजनापछि, डिजी बिनोद कोइराला र अध्यक्ष निर्मल ढकालले सबै क्लबका सदस्य तथा डिस्ट्रीक्ट अफिसियलहरूको उपस्थितिमा रोटरी ह्विलको उद्घाटन गरेका थिए ।
बल्थली माउन्टेन रिसोर्टको रमणीय दृश्यको बीचमा उद्घाटन गरिएको सो प्रतिकात्मक कार्यले रोटरीको सार्वजनिक छविलाई सुदृढ गर्दै रोटरी इन एक्सन भन्ने सन्देश प्रवाह गरेको महशुस उपस्थित सबैले गरेको प्रतिक्रिया दिएका थिए । मुख्य औपचारिक कार्यक्रम सोमबार साँझ सुरु भएको थियो, जसमा क्लबको प्रगति, आगामी योजनाहरू र विभिन्न क्षेत्रका उपलब्धिहरू प्रस्तुत गरिएको थियो ।
डिस्ट्रिक्ट गभर्नर बिनोद कोइरालाले आफ्नो मन्तव्यमा मातृभूमि बालुवाटारको सक्रियता, सिर्जनशीलता र सहकार्यप्रतिको दृष्टिकोणको प्रशंसा गरेका थिए । गभर्नर कोइरालाले क्लबले नयाँ सोच, नयाँ शैली र सशक्त टोलीमार्फत रोटरी ३२९२ मा एउटा प्रेरणादायी नजिर स्थापित गरेको बताएका थिए । त्यसैगरी, ए.जी. महेन्द्रराज भुसाल र डिस्ट्रीक्ट अफिसियलहरूले पनि क्लबको निष्ठा र नविनता–उन्मुख कार्यशैलीको उच्च मूल्यांकन गरेको क्लबका अध्यक्ष रोटरियन निर्मल ढकालले बताए ।

कार्यक्रमको औपचारिक सत्र सम्पन्न भएपछि सबै सहभागीहरूले संगीत, नृत्य र स्वादिष्ट भोजनको साथमा फेलोशिपमा रमाएका थिए । क्लबको सो कार्यक्रमले रोटरी परिवारबीचको भावनात्मक एकता र आत्मीयतालाई नयाँ शिरामा पुर्याउन सफल भएको क्लबका अध्यक्ष निर्मल ढकालले जानकारी दिए । रोटरी क्लब अफ मातृभूमि बालुवाटारले यस कार्यक्रमलाई ऐतिहासिक र सफल बनाउन सहयोग गर्ने डिस्ट्रिक्ट गभर्नर बिनोद कोइराला, डिस्ट्रिक्टका अन्य अधिकारीहरु, व्याचमेट अध्यक्षहरु र सबै सहभागी रोटेरियन, परिवार र साथीहरूप्रति क्लबका अध्यक्ष ढकालले आभार समेत व्यक्त गरेका छन् ।

क्लब अध्यक्ष निर्मल ढकालले सेवा, मित्रता र सहकार्यका माध्यमबाट अझ धेरै प्रेरणादायी कामहरू गर्ने बताउदै रोटरी क्लब अफ मातृभूमि बालुवाटारले आवासीय डिस्टिक्ट गभर्नर अफिसियल क्लब भिजिटको नविन अभ्यासको शुरु गरेर रोटरी डिस्ट्रिक्ट ३२९२ मा सेवा र सहकार्यको नविनतम उदाहरण पेश गर्न सफल भएको दावी समेत गरेका थिए ।













