काठमाडौं । नवलपरासी पूर्वको गैँडाकोट–१० मा दुई जनाको शव भेटिएको छ। नारायणी नदी किनारमा ती शव भेटिएको हो ।
फेला परेका शव सिमलताल घटनाका रहेको अनुमान गरिएको छ। यद्यपि प्रहरीले पुष्टि गरेको छैन। सनाखत भएपछि पुष्टि गर्न सकिने प्रहरीले जनाएको छ।
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा शुक्रबार दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका थिए। एन्जल वीरगन्जबाट काठमाडौंतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए।
बेपत्ता बस र यात्रुको खोजी कार्य चलिरहेको छ। यसअघि एक जना भारतीय नागरिकको शव फेला परेको थियो।