काठमाडौं । ललितपुरमा २५ वर्षीय युवकले ३० वर्षका अर्का युवकको हत्या गरेका छन्।
महालक्ष्मी नगरपालिका–४ इमाडोल ओचुहाइट बस्दै आएका ३० वर्षीय रिपक खातीको धारिलो हतियार प्रहारबाट हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
हत्या भएका खाती र हत्या आरोपी रसाइली दुवै रामेछापका हुन्। मध्यराति खातीलाई ओचुहाइटस्थित शिव मन्दिर नजिक बोलाएर उनले खुकुरी हानेका प्रहरीले जनाएको छ।
खातीले आफ्नी बहिनीलाई जिस्काएको निहुँमा हत्या गरेको बयान आरोपीले प्रहरीलाई दिएका छन्।












