काठमाडौं । काठमाडौंको पशुपतिनाथ नजिकै एक युवती मृत फेला परेकी छन्। शंखरापुर नगरपालिका-५ घर भई बानेश्वर शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार शुक्रबार मृत फेला परेकी हुन्।
काठमाडौं महानगरपालिका ८ तिलगंगाबाट पशुपतिनाथ जाने बाटोनजिकै रहेको जंगलको झाडीमा मृत अवस्थामा फेला परेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ।