काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबारका लागि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका छन्।
सोमबार दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा सभापति देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक डाकेका हुन्।
बैठकमा असार १५ बाट समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुनेछ ।
कांग्रेसले सबै भ्रातृ संस्थाको अधिवेशन गर्न १५ असारसम्मको अवधि दिएको थियो।