काठमाडौं । अपाङ्गताभित्र पनि दलित अपाङ्गता भएका नागरिकको अवस्था एवम् तथ्यांक संकलनका सन्दर्भमा काठमाडौंमा दुई दिने तालिम शुरु भएको छ ।
दलित अपाङ्गता भएका व्यक्तिहरुको संघ नेपाल आयोजना, राष्ट्रिय दलित आयोग एवं माइन्युरिटी राईटस ग्रुप इन्टरेनशनलको समन्वय एवं सहकार्यमा आयोजित राष्ट्रिय स्तरको अध्ययन तालिममा देशका ७ प्रदेशका तीन जिल्लाका एक/एक गरी २१ जना सहभागिले भाग लिएका छन् ।
एकातिर दलित नागरिक इतिहासदेखि नै उत्पिडनमा पर्दै आएको सन्दर्भ त छदैछ, दलितभित्र पनि अपाङगता भएका दलित नागरिकको अवस्था झनै कस्तो होला भन्ने विषय झनै गम्भीर एवम् सोचनिय छ, उनीहरुको अवस्था पत्ता लगाउने, कहाँ कुन अवस्थामा छन, के गरिरहेका छन्, आफ्नै अधिकारबारे कति सजग छन, सचेत छन, उनीहरुको संख्या कति छ, उनीहरुको कस्तो जीवन बाँचिरहेका छन् भन्ने विषयको खोज गर्ने विधि एवम् उनीहरुको पक्षमा पैरवीका लागि तालिम केन्द्रित हुनेछ ।
तालिममा अपाङ्ता भएका दलित नागरिकको पहिचान, पहुँच र प्रतिनिधित्वको सवालमा उनीहरुसम्म कसरी पुग्ने, उनीहरुसँग कसरी संवाद गर्ने, संवादको विधि, प्रश्नका प्रकृतिसहित उनीहरुको अनुभव, विचार र समग्र अवस्थाबारे समेटने प्रश्नावली निर्माणको तालिम सहभागिलाई प्रदान गरिनेछ ।
तालिमको उद्घाटन गर्दै राष्ट्रिय दलित आयोगकी सदस्य मिना सोबले तालिमपश्चात देशका विभिन्न भागमा पुगेर गरिने अध्ययन एवं तथ्यांक संकलनको कामले नेपाली दलित आन्दोलन, अपाङ्गता आन्दोलन, समग्र दलित अधिकारदेखि अपाङ्गता भएका दलित नागरिकको अधिकारका सन्दर्भमा नयाँ जागरण ल्याउने विश्वास व्यक्त गरिन् ।

सोबले राष्ट्रिय दलित अयोग दलितसँग सरोकार राख्ने कुनै पनि खालका अधिकारका, जागरण एवं पैरवीका विषयमा सहकार्य, हातेमालो एवं अभिभावकत्व ग्रहण गर्न तयार रहने बताइन् । उनले भनिन्, ‘यो तालिम लगायत आगामी कार्यक्रममा राष्ट्रिय दलित आयोगसँग सहकार्यको उत्साह तपाईहरुले राख्नुभएको छ, अयोग त्यसका लागि तत्पर रहेको प्रतिवद्वता म व्यक्त गर्न चाहन्छु ।’
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी अपाङगता क्षेत्र हेर्ने फोकल पर्सन कल्पना नेपाल आर्चायले राष्ट्रिय मानव अधिकार आयोग अपाङ्गताभित्रका विविधताबारे संवेदनशिल रहेको भन्दै अपाङगता भएका नागरिकको अधिकारको मूलप्रवाहीकरणका लागि आयोग सदैब सकारात्मक रहेको बताइन् ।’

संविधानतः अपाङ्गता भएका नागरिकको अधिकारको सुनिश्चितताको व्यवस्था भएपनि पहिचान, पहुँच र प्रतिनिधित्वको हिसाबले यो वर्ग सधै वञ्चिीतिकरणमा पर्दै आएको छ, यो दुुई दिने तालिम, त्यपछि जिल्ला जिल्ला पुगेर गरिने अध्ययनको निष्कर्ष र सुझावले राज्यलाई मार्गदर्शन गर्न मद्दत पुग्ने विश्सास व्यक्त गरिन् ।
कार्यक्रमा अपाङ्गता अधिकारकर्मी एवं तालिमका सहजकर्ता कृष्ण गहतराजले अपाङगता भएका दलित नागरिक सबैभन्दा पछाडि एवम् पिँधमा पारिएको वर्ग भएको भन्दै उनीहरुको मानवअधिकारको अवस्थाको अध्ययनका सन्दर्भमा तालिम केन्द्रित हुुने बताए ।
‘दलित अपाङ्गता भएका नगारिकको समग्र अवस्थाबारेको तथ्याकं संकलन एवं अवस्था अध्ययन कसरी बैध, विश्वासिलो एवं वैज्ञानिक बन्न सक्छ भन्ने सन्दर्भमा यो दुई दिनको तालिम केन्द्रित हुनेछ,’ गहतराज भने ।
राष्ट्रिय दलित आयोगले यो तालिम देखि दलित अपाङगता भएका नागरिकको अवस्थाबारे व्यक्त गरेको सरोकारप्रति आभार प्रकट गर्दै अवस्था अध्ययन एवं तथ्यांक संकलनपश्चातको पैरबीका कार्यक्रममा पनि आयोगसँग सहकार्य गरिने अधिकारकर्मी गहतराजको धारणा थियो ।
दुई दिने तालिमको पहिलो उद्घाटन सत्र दलित अपाङगता भएका व्यक्तिहरुको संघ नेपालकी अध्यक्ष पम्फा पुरकोटीको अध्यक्षतामा भएको थियो ।
दुई दिने तालिमको सहजकर्ताका रुपमा अपाङगता अधिकारका अनुसन्धानकर्ता किरण चालिसे र अपाङ्गता अधिकारर्मी कृष्ण गहतराज रहनेछन् । तालिम लिएका तालिमकर्ताहरु नै सोमबार राष्ट्रिय सर्वेक्षणमा गणकका रुपमा खटिनेछन् । उनीहरुबाट प्राप्त रिपोर्टको प्रतिवेदन सार्वजनिक गर्दे संस्थाले राष्ट्रिय कार्यक्रम गर्ने समेत संस्थाकी अध्यक्ष पम्फा पुर्कोटीले जानकारी दिइन् ।













