काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि पुरुष क्रिकेट खेलाडीहरूको नयाँ केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्र्याक्ट) वर्गीकरण सार्वजनिक गरेको छ।
क्यानले खेलाडीहरूलाई प्रदर्शन र योगदानका आधारमा पाँच फरक श्रेणी ‘क्याट ए प्लस’, ‘क्याट ए’, ‘क्याट बी’, ‘क्याट सी’ र ‘क्याट डी’ मा विभाजन गरेको छ।
नयाँ वर्गीकरण अनुसार शीर्ष श्रेणी ‘क्याट ए प्लस’ मा कप्तान रोहित पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछाने परेका छन्। यो श्रेणीमा रहने खेलाडीहरूले मासिक १ लाख २० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन्।
त्यस्तै, मासिक १ लाख रुपैयाँ पारिश्रमिक तोकिएको ‘क्याट ए’ समूहमा तीव्र गतिका बलर सोमपाल कामी, ओपनर आसिफ शेख, कुशल भुर्तेल र करण केसी रहेका छन्।
क्यानले युवा र उदीयमान खेलाडीहरूलाई समेट्दै विशेष गरी ‘क्याट सी’ र ‘क्याट डी’ मा ठूलो संख्यामा खेलाडीहरूलाई समावेश गरेको छ, जसले घरेलु क्रिकेटमा राम्रो छाप छाडेका नयाँ प्रतिभाहरूलाई प्रोत्साहन मिल्ने देखिन्छ।
यस्तो छ खेलाडीहरूको वर्गीकरण र मासिक पारिश्रमिक:
क्याट ए प्लस (मासिक रु. १,२०,०००): रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने।
क्याट ए (मासिक रु. १,००,०००): सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, करण केसी।
क्याट बी (मासिक रु. ७५,०००): ललित नारायण राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव, गुल्सन झा।
क्याट सी (मासिक रु. ५५,०००): सुदिप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, इशान पाण्डे, बसिर अहमद, लोकेश बम, शाहब आलम, हेमन्त धामी, विनोद भण्डारी, अनिल शाह।
क्याट डी (मासिक रु. ३५,०००): त्रित राज दास, रासिद खान, सन्तोष यादव, नारायण जोशी, बिपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्ती, अर्जुन साउद, प्रतिश जि.सी., सागर ढकाल।












