काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन्।
निर्वाचन समितिका अनुसार, आइतबारदेखि भृकुटीमण्डपमा जारी महाधिवेशनमा शर्मा र पौडेलले महामन्त्री पदका उम्मेदवारी दर्ता गरेका हुन्।
सभापतिमा भने गगन थापाको एकल उम्मेदवारी परेको छ। बुधबार बिहान सहमतिका प्रयासका लागि सभापति शेरबहादुर देउवासँग थापा र शर्माले वार्ता गरेका थिए, तर वार्ता सफल हुन सकेन।
वार्ता विफल भएपछि महामन्त्री थापा र शर्मा कानुनविद्हरूसँग परामर्शमा जुटेका छन्। निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार, दिउँसो १ बजेसम्म नामावली सार्वजनिक गरिने छ।












