काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।
केन्द्रीय निर्वाचन समितिले मंगलबार काठमाडौँको भृकुटीमण्डपमा बसेको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको जनाएको छ। वरिष्ठ अधिवक्ता एवं निर्वाचन समितिका संयोजक सीताराम केसी को नेतृत्वमा बसेको बैठकले केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया विधिवत रूपमा सुरु भएको जानकारी दिएका छन्।
निर्वाचन समितिले मंगलबारै सूचना प्रकाशित गरी विधान, नियमावली र महाधिवेशन कार्यविधि तथा निर्वाचन निर्देशिकाको अधीनमा प्रक्रिया सुरु भएको प्रष्ट पारेको छ।
संयोजक केसीका अनुसार, यो निर्वाचन नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित), नियमावली २०७६, विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२ र निर्वाचन निर्देशिका २०८२ अनुसार सञ्चालन भइरहेको छ।













