काठमाडौं । नेपाली कांग्रेसले सहकारी पीडितको बचत फिर्ता नभएसम्मसडक र सदनबाट आन्दोलन जारी राख्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकलेसहकारी पीडितहरूको पक्षमा उभिने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले बताए।
सहकारी पीडितको बचत फिर्ताको माग र ठगीमा संलग्न रहेकामाथि अनुसन्धान गर्न माग गर्दै यही १३ गते विशाल प्रदर्शन गर्ने निर्णय गरेको महतले बताए।