Outline Khabar
शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
                                                       
No Result
View All Result

इनम सापकोटा प्रकरणदेखि प्रहरी नेतृत्व परिवर्तनसम्म : कांग्रेसले राज्य व्यवस्था समितिमा जवाफ खोज्ने

संसदमा प्रतिपक्षले भन्यो- सरकार फेसबुकमा भेटिने, सदनमा नसुनिने भयो

काठमाडौं। सरकार र राज्यका निकायसँग जोडिएका पछिल्ला विवादित घटनाबारे संसदीय निगरानी बढाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई सक्रिय बनाउन माग गरेकाे छ।

कांग्रेसका चार सांसदले शुक्रबार समिति सभापति हरि ढकाललाई पत्र पठाउँदै तत्काल बैठक राख्न माग गरेका हुन्। प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १७८ अनुसार निवेदन दिएका उनीहरूले विवादित घटनाको सत्यतथ्य पत्ता लगाउन र सम्बन्धित सरकारी अधिकारीसँग जवाफ लिनुपर्ने बताएका छन्।

Subisu

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे तथा सांसद अर्जुननरसिंह केसी, निश्कल राई र रेखाकुमारी यादवले समितिको बैठकबाट सरकार र राज्यका निकायलाई जवाफदेही बनाउनुपर्ने माग गरेका छन्।

विशेषगरी बिचौलिया इनम सापकोटासँग जोडिएको घटनालाई संसदीय छानबिनको विषय बनाउनुपर्ने कांग्रेसकाे माग छ। सापकोटा प्रकरणमा राज्य संयन्त्रको दुरुपयोग भएको आशंका गर्दै उनीहरूले प्रहरी हिरासतमा रहेका व्यक्तिको फोन र अडिओ अनधिकृत व्यक्तिको पहुँचमा कसरी पुग्यो भन्ने प्रश्न उठाएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनको पहुँचमा हिरासतमा रहेका व्यक्तिसँग सम्बन्धित सामग्री पुगेको विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्ने कांग्रेसको माग छ।

अनुसन्धानकै क्रममा रहेका व्यक्तिसँग सम्बन्धित प्रमाणमा अनधिकृत पहुँच पुर्‍याइएको र प्रमाण नष्ट गरिएको भनिएको घटनाको समेत छानबिन गर्नुपर्ने कांग्रेसको माग छ। त्यस्तै, प्रधानमन्त्री शाह र प्रमुख सल्लाहकार बेनसँग निकट सम्बन्ध रहेको भन्दै इनम सापकोटाले गरेका दाबी तथा गतिविधिबारे पनि सरकारले स्पष्ट पार्नुपर्ने कांग्रेसले जनाएको छ।

कांग्रेसले प्रहरी नेतृत्वमा गरिएको परिवर्तनमाथि पनि प्रश्न उठाएको छ। सरकारले बिहीबार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्दै डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक बनाएको थियो। यो निर्णय गर्नुको कारणबारे सरकार र गृह मन्त्रालयले संसदीय समितिमा जवाफ दिनुपर्ने कांग्रेसको माग छ।

त्यसैगरी, समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई पक्राउ गरिएको घटनालाई पनि कांग्रेसले समितिमा छलफल गर्नुपर्ने विषय बनाएको छ। उक्त घटनाले प्रेस स्वतन्त्रता र राज्यशक्तिको प्रयोगको सीमाबारे गम्भीर प्रश्न उठाएको कांग्रेसकाे भनाइ छ।

यी सबै विषयमा सम्बन्धित निकायको धारणा र आधिकारिक जवाफ लिन प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र नेपाल प्रहरीका महानिरीक्षकलाई समितिको बैठकमा अनिवार्य उपस्थित गराउन कांग्रेसले माग गरेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

सात महिना बित्दा पनि सुकुम्बासीको बासको टुंगो लागेन, अब होल्डिङ सेन्टरबाट समेत हटाइँदै

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

सानिगाड हाइड्रोको आइपिओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले भर्न पाउने

३० हजार मेगावाटको लक्ष्यले फेरियो ऊर्जा नीति, १६ हजार मेगावाटका आयोजना पिपिएको प्रतीक्षामा

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host