एजेन्सी । मेक्सिकोमा ऐतिहासिक जित हासिल गर्दै क्लाउडिया शेनबाउम पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी छन् ।
मेक्सिकोको निर्वाचन आयोगले सार्वजनिक गरेकाे प्रारम्भिक नतिजा अनुसार ६१ वर्षीया क्लाउडियाले ५८ देखि ६० प्रतिशत मत ल्याएर जित हासिल गरेकी हुन् ।
मेक्सिकोमा आइतबार निर्वाचन भएको थियो । याे निर्वाचनमा क्लाउडियासँग स्कोर्चिल गाल्भेस प्रतिस्पर्धामा थिइन् ।
क्लाउडियाले स्कोर्चिलभन्दा ३० प्रतिशत बढी मत पाएकाे बताइएकाे छ । स्कोर्चिल एक व्यापारी हुन् र क्लाउडिया मेक्सिको सिटीको मेयर भइसकेकी थिइन् ।