काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुन गइरहेको चुनावका लागि ताप्लेजुङबाट क्षितिज थेबेलाई उठाउने भएको छ। पार्टी उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिएर एमालेले थेबेलाई दिएको हो। उनी एमाले निकट राष्ट्रिय युवासंघका अध्यक्ष हुन्।
यो क्षेत्रबाट चुनाव जित्दै आएका उपमहासचिव योगेश भट्टराईले भने टिकट पाएनन् । भट्टराईले ताप्लेजुङबाट २०७४ र २०७९ को चुनाव जितेका थिए। भट्टराईले टिकट वितरणमा असहमति जनाउँदै पार्टी कार्यालयमा नोट अफ डिसेन्ट नै लेखेका छन् ।












