काठमाडौं । कैलाली मोहन्याल गाउँपालिका-७ कुइनेमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्। छाउगोठमा सुतिरहेको अवस्थामा ४० वर्षीया सरस्वती विकलाई बाघले आक्रमण गरेको थियो ।
आइतबार राति करिब साढे १० बजेको समयमा बाघले आक्रमण गरेको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए । बाघको आक्रमणले उनको टाउको र मुखमा चोटमा लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको थियो ।
विकलाई उपचारको लागि लम्की ल्याउन ल्याइएको छ । उनको अवस्था भने खतरामुक्त छ ।












