काठमाडौं । काठमाडौंको चाबहिलमा एक पुरुषले आफ्नै तीन छोरी र श्रीमतीमाथि मट्टीतेल छर्किएर आगो लगाएका छन् । ५२ वर्षीय चञ्चल सिंहले मंगलबार राति करिब ९ बजे चाबहिलस्थित आफ्नै घरमा मट्टीतेल खन्याएर तीन छोरी र श्रीमतीमाथि आगो लगाएका थिए।
घाइतेहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई छोरीको अवस्था गम्भीर छ।
जलेर घाइते भएका जेठी छोरी सुप्रिया र माइली छोरी समृद्धिको आइसियूमा उपचार भइरहेको छ भने आठ वर्षीया कान्छी छोरी सुहानी, श्रीमती बिनुको सामान्य वार्डमा उपचार भइरहेको छ। घटनामा सिंह आफैँ पनि घाइते भएका छन्।