काठमाडौं । गृह मन्त्रालयका आठ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। सरुवाका डोल्पा र बझाङका सिडिओ फेरिएका छन्।
डोल्पामा जुनु हमाल ढकाल र बझाङमा मुकेशकुमार केशरीलाई पठाइएको छ। त्यस्तै, अन्य पाँच उपसचिवलाई विभिन्न जिल्लामा सहायक सिडिओका रूपमा खटाइएको छ भने बाग्लुङमा सहायक सिडिओका रूपमा कार्यरत जनकराज पन्तको मन्त्रालयमा सरुवा भएको छ।












