एजेन्सी । रुसको स्वास्थ्य मन्त्रालयले मंगलबार आफ्नो अनुसन्धान टोली क्यान्सरको खोप बनाउन सफल भएको घोषणा गरेको छ ।
यो जानकारी रूसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले रेडियोमा दिएका हुन्। रुसी समाचार एजेन्सी टासका अनुसार यो खोप अर्को वर्षदेखि रुसी नागरिकलाई नि:शुल्क दिइनेछ ।
निर्देशक आन्द्रेईले रुसले क्यान्सर विरुद्धको आफ्नै एमआरएनए खोप विकास गरेको बताए । रुसको यो खोजलाई शताब्दीकै सबैभन्दा ठूलो खोज मानिएको छ । खोपको क्लिनिकल परीक्षणहरूले देखाएअनुसार यसले ट्युमरको वृद्धि रोक्न मद्दत गर्दछ।
यस वर्षको सुरुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस क्यान्सरको भ्याक्सिन बनाउने प्रयासमा सफलताको नजिक पुगेको बताएका थिए ।












